विपक्षीले सदनमा खोजे प्रधानमन्त्री, पेलेरै अघि बढेका सभामुखलाई सत्तापक्षका सांसदको साथ
shilapatra.com · Thu May 21 09:17:03 GMT 2026

बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सभामुख डीपी अर्यालले नियमिति कार्यसूचीमा प्रवेश गराए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरे । हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएको र सदनमा प्रधानमन्त्रीको अनुपस्थितिबारेमा उनीहरूको प्रश्न थियो ।
विपक्षी सांसदहरूले विरोध गरेपछि सभामुख आर्यालले विपक्षी दलका प्रमुख सचेतकहरूलाई एकएक मिनेटको समय दिए । तर, एक मिनेटको समय विपक्षी दलका प्रमुख सचेतकहरूले लिएनन् । सभामुख अर्यालले एमालेका प्रमुख सचेतक ऐन महरलाई एक मिनेट समय दिए । उनले नपुग्ने बताए ।
Read full story at source (shilapatra.com)