भोटेकोशी बाढी अपडेट : नवलपुरमा ६२ शव फेला
barnanmedia.com · Thu Aug 27 07:38:15 GMT 2026

नवलपुरका विभिन्न तटीय क्षेत्रमा भोटेकोसीको विनाशकारी बाढीले बगाएर ल्याएका ६२ शव तथा मानव अङ्गहरू फेला परेको छ । बाढीले बगाएर ल्याएका शवहरू क्षतविक्षत अवस्थामा फेला परेकाले हालसम्म कुनै पनि शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार नवलपुर क्षेत्रमा ५३ शव र ९ वटा मानव अङ्ग गरी कुल ६२ शव तथा अङ्ग फेला परेको छ। जसमा २७ पुरुष, १६ महिला, ७ बालिका र ३ बालकको शव रहेका छन् । अन्य ९ वटा केही अङ्गहरू मात्रै फेला परेका छन्।
Read full story at source (barnanmedia.com)