नारायणीमा भेटियो चौहत्तर जनाको शव
gorkhapatraonline.com · Fri Aug 28 05:13:21 GMT 2026

भोटेकोशीमा आएको बाढीमा परेका ७४ जनाको शव पूर्वी नवलपरासीको नारायणी नदीमा भेटिएको छ । शवको पहिचान तथा परिवारको जिम्मा लगाउन र आवश्यक पोस्टमार्टमका लागि प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार नारायणी नदी क्षेत्रमा ६३ वटा शव र ११ वटा मानव अङ्ग गरी कुल ७४ वटा शव तथा अङ्ग फेला परेका छन् । फेला परेकामध्ये ३७ पुरुष, १८ महिला, सात बालिका र तीन बालकको शव भेटिएको प्रहरीले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)