जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन
nepalpress.com · Thu May 21 09:32:19 GMT 2026

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा समाहित भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितको संयुक्त मधेश प्रदेश संसदीय दलको नेतामा सरोज कुमार यादव (बारा) सर्वसम्मत चयन भएका छन्।
बुधबार र बिहीबार दुई दिनसम्म बसेको बैठकले बिहीबार यादवलाई संसदीय दलको नेतामा चयन गरेको हो। मधेश प्रदेश सभा संसदीय दलको कार्यालयमा बसेको बैठकले निर्णय गरेको पूर्व अर्थमन्त्री एवं प्रदेश सभा सदस्य सञ्जय कुमार यादवले जानकारी दिए।
Read full story at source (nepalpress.com)