चारआली ओभरपासको ५० प्रतिशत काम सम्पन्न
lokaantar.com

झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन ओभरपासको करिब ५० प्रतिशत काम सम्पन्न भएको छ। एसियाली हाइवे परियोजना पूर्वी खण्डका आयोजना प्रमुख इन्जिनियर सुनीलबाबु पन्तका अनुसार चारपानेमा निर्माण भइरहेको अर्को ओभरपासको प्रगति पनि करिब ३५ प्रतिशत पुगेको छ।
आयोजना कार्यालयका अनुसार बिर्तामोडको मुक्तिचोकमा निर्माण हुने ओभरपासको काम विद्युत्का खम्बा स्थानान्तरणमा भएको ढिलाइका कारण रोकिएको थियो। अधिकांश खम्बा सार्ने काम सकिएकाले आगामी एक साताभित्र निर्माण सुरु गरिने जनाइएको छ।
Read full story at source (lokaantar.com)