आईजीपी कार्की अमेरिका प्रस्थान
baahrakhari.com · Sun Jul 05 14:59:11 GMT 2026

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा आयोजना हुन लागेको पाँचौँ युनाइटेड नेसन्स चिफ्स अफ पुलिस समिटमा सहभागी हुन कार्की आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । समिट यही असार २३ र २४ मा हुनेछ ।
प्रहरी महानिरीक्षक कार्कीसँगै उक्त सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल तथा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दीप शमशेर जबरा पनि न्युयोर्क प्रस्थान गरेका छन् ।
Read full story at source (baahrakhari.com)