दुई हजार चार सय ७२ जनाको डिएनए संकलन
gorkhapatraonline.com · Sun Sep 06 04:52:34 GMT 2026

नेपाल प्रहरीले बाढीका मृतक र मृतकका आफन्त गरी दुई हजार चार सय ७२ जनाको डिएनए संकलन गरेको छ । आइतबार बिहान ८ बजेसम्म प्रहरीले एक हजार दुई सय ६८ जना मृतकको डिएनए संकलन गरेको छ । एक हजार जना मृतकका आफन्तको डिएनए समेत संकलन गरिएको प्रहरीले जनाएको छ ।
बाढीप्रभावित क्षेत्रमा सात हजार नौ सय बाह्र जना प्रहरी परिचालन गरिएको छ । जम्मा ६५ प्रहरी कर्मचारी प्रभावित भएकोमा २५ जना सम्पर्कविहीन हुनुहुन्छ । मृत्यु भई ५२३ पुरुष र ३२५ महिला फेला पर्नुभएको छ । मुचुल्का संख्या एक हजार तीन सय १६ पुगेको छ । ९८ जनाको शव हस्तान्तरण गरिएको छ । एक हजार ३९ शव जमिनमुनी सुरक्षित राखी व्यवस्थापन गरिएको नेपाल प्रहरी विपद उद्धार तथा समन्वय सूचना केन्द्रले जानकारी दिएको छ ।
Read full story at source (gorkhapatraonline.com)