राष्ट्रिय शैक्षिक सम्मेलन सुरु
gorkhapatraonline.com · Sun Sep 06 04:56:09 GMT 2026

सर्लाही, भदौ २१ गते । सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा शनिबारदेखि प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन, २०८३ सुरु भएको छ । आइतबारसम्म सम्मेलन आयोजना गरिएको क्याम्पसले जनाएको छ ।
लालबन्दी नगरपालिका कार्यालयको सहआयोजनामा नवीन शिक्षण अभ्यासलाई स्थानीयस्तरमा प्रवर्धन गर्दै सामुदायिक क्याम्पसमा वित्तीय दिगोपनका आधार तय गर्ने उद्देश्यले शैक्षिक सम्मेलन आयोजना गरिएको क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइ संयोजक रमेश भट्टराईले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)