वीरगन्जको क्यासिनोबाट गाउँपालिका अध्यक्ष र इन्स्पेक्टर पक्राउ
ratopati.com · Sun Sep 06 05:01:15 GMT 2026

काठमाडौँ । पर्साको वीरगन्जमा सञ्चालित क्यासिनो गोल्डन फिंगर गेमिङ जोनबाट प्रहरीले गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इन्स्पेक्टर प्रदिप पौडेल छन् ।
वीरगन्ज महानगरपालिका–१४ गण्डकमा सञ्चालित क्यासिनोबाट उनीहरुलाई पक्राउ गरिएको पर्साका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । इन्स्पेक्टर पौडेल इलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज हुन् ।
Read full story at source (ratopati.com)