कार्यदल गठन गर्नसमेत निर्देशन
lokaantar.com · Sun Aug 08 16:31:15 GMT 2021
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनका लागि सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् । निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा सहकार्य र समन्वय सम्बन्धमा निर्वाचन आयोगमा जिल्ला समन्वय समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँगको अन्तरक्रियामा उनले आगामी दिनका सहकार्यको खाँचो औँल्याए ।
प्रमुख आयुक्त थपलियाले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा समन्वय र सहकार्यको भावी रणनीतिका लागि प्रतिवेदन तयार गर्न आयोगबाट सचिवसहित तीन तथा प्रत्येक सङ्घ महासङ्घबाट जनप्रतिनिधि एक/एक र कर्मचारी एक/एकको कार्यदल गठन गर्नसमेत निर्देशन दिए ।
Read full story at source (lokaantar.com)