विवाह समारोहमा आगलागी हुँदा कङ्गोमा २२ जनाको मृत्यु
ratopati.com · Sun Sep 06 05:05:05 GMT 2026

किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)को राजधानी किन्शासामा विवाह समारोह चलिरहेका बेला भएको आगलागीमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । यस घटनामा केही अन्य व्यक्ति घाइते भएका छन् ।
स्थानीय अधिकारीका अनुसार शनिबार बिहान लिङ्वाला कम्युनमा रहेको विवाह समारोह आयोजना गरिएको भवनमा आगलागी भएको हो । आगलागी हुँदा उक्त भवनमा विवाह समारोह चलिरहेको थियो ।
Read full story at source (ratopati.com)