साउदी अरेबियाले नेपाललाई दियो १९१ रनको लक्ष्य
annapurnapost.com · Sun Sep 06 05:02:59 GMT 2026
काठमाडौं : एसिसी प्रिमियर कप अन्तर्गतको तेस्रो खेलमा साउदी अरेबियाले नेपाललाई १९१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको हो।
साउदी अरेबियाका लागि ओपनर ब्याटर अब्दुल बाहिदले सर्वाधिक ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे। मोहम्मद आतिफले ३० रन र मोहम्मद हिसम शेखले २८ रन बनाए। जैन अबिदिनले १२ रन, मोहम्मद सकिबले १४ तथा इस्तिक अहमद १० रनमा अविजित रहे। अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
Read full story at source (annapurnapost.com)