सुदुरको सौन्दर्य चिनाउने युवक,
barnanmedia.com · Sun Jun 14 05:51:29 GMT 2026

— प्रधानमन्त्री बालेनले आफ्नो फेसबुकमा शेयर गरेको एउटा भिडियो देख्नुभयो ?! अपि हिमाल पुछारमा क्रिकेट खेलिरहेको त्यो दृश्य खिचेका थिए, हिमालय भट्टले । उनले यो एउटा भिडियो मात्र खिचेका होइनन्, उनले सुदुरपश्चिमको सुन्दरतालाई खिच्न थालेको झन्डै दश वर्ष पुग्न लाग्यो ।
सुदूरपश्चिमकै दार्चुलामा जन्मिएका उनि काठमाडौमा लोकसेवाको तयारी गर्दै थिए । एकदिन साथीहरूसँग उनि दोलखा हिउ खेल्न पुगे । हिउ उनको लागि सामान्य कुरा थियो किनभने सुदूरपश्चिमका धेरै ठाउँमा हिउ बाह्रैमास नै पर्छ । तर कालिन्चोकमा हिउ खेल्न जानेहरूको असाध्यै भिड देखेर छक्क परे । जबकी त्यो भन्दा सुन्दर सुदूरपश्चिममा भने विरलै मान्छेहरू हिउ खेल्न जान्थे ।
Read full story at source (barnanmedia.com)