जीप दुर्घटना हुँदा पर्वतमा एक बालिकाको मृत्यु, ११ जना घाइते
pahilopost.com · Sun Jul 16 02:45:17 UTC 2023

पर्वत : पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङको गौडामुनिमा गएराति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नम्बरको जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा-३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ। टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो।
Read full story at source (pahilopost.com)