धरान पुगेर स्वास्थ्यमन्त्री मेहताले भनिन्– बीपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ
shilapatra.com · Sun Jul 05 15:42:00 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार, पूर्वाधार विकास तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन् । आइतबार गृहमन्त्री सुधन गुरुङसँगै प्रतिष्ठानको निरीक्षण गर्दै उनले यस्ताे बताएकी हुन् ।
उनले नवनिर्मित मातृत्व तथा बाल स्वास्थ्य सेवा केन्द्र (एमसीएच) भवनलाई आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण तथा व्यवस्थापनसहित यथाशीघ्र सञ्चालनमा ल्याइने जानकारी दिइन् । एमसीएच भवन सञ्चालनमा आएपछि पूर्वी नेपालका सेवाग्राहीले गुणस्तरीय मातृ तथा शिशु स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने विश्वास उनले व्यक्त गरिन् ।
Read full story at source (shilapatra.com)