सप्तकोसीको ३३ ढोका खोलियो
setopati.com · Sat Aug 06 14:38:37 GMT 2022
सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ। पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ। शनिबार मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो।
शनिबार अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीहरूमा पनि पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
Read full story at source (setopati.com)