जलवायु जोखिम र बाँदर आतंकले किसान चिन्तित, “खेती जोगाउने कि बाँदर पाल्ने ?”
gorkhapatraonline.com · Fri Jun 05 06:09:11 GMT 2026

विश्व वातावरण दिवस (जुन ५) का अवसरमा जलवायु परिवर्तन, अनियमित मौसम र वातावरणीय असन्तुलनले कृषि क्षेत्रमा पारेको गम्भीर असरबारे बिहीबार दमौलीमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । वातावरण दिवसको सन्दर्भमा कृषि विकास कार्यालय तनहुँद्वारा आयोजित ‘कृषि बिमा सम्बन्धी अन्तरक्रिया गोष्ठी’मा सहभागी किसानहरूले जलवायुजन्य प्राकृतिक विपद् र बढ्दो वन्यजन्तु आतंकका कारण आफूहरू कृषि पेसाबाटै विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरेका छन् ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण देखिएका अनपेक्षित रोग–किराको प्रकोप, असिनापानी, हावाहुरी तथा बाढीपहिरोजस्ता वातावरणीय जोखिमले कृषि लगानी असुरक्षित बन्दै गएको छ । यसै सन्दर्भमा भानु नगरपालिका–२ का किसान छिरिङ तामाङले वनजङ्गलको वातावरणीय सन्तुलन बिग्रँदै जाँदा बाँदर गाउँ पसेर खेतीपाती नष्ट गरिरहेको बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)