इजरायली संसद् विघटनको पक्षमा मतदान, अब के हुन्छ ?
ratopati.com · Thu May 21 11:02:05 GMT 2026

तेल अभिभ । इजरायलको संसद् नेसेटले बुधबार आफूलाई विघटन गर्ने विधेयक पारित गरेको छ ।
यस निर्णयले इजरायलमा निर्धारित समयभन्दा केही हप्ता अगाडि नै राष्ट्रिय चुनाव हुन सक्ने सम्भावना बढाएको छ । विभिन्न सर्वेक्षणहरूले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सत्ता संकटमा परेको संकेत गरिरहेको समयमा संसद् विघटन भएको हो । पछिल्ला केही वर्षदेखि इजरायल लगातार राजनीतिक अस्थिरता, युद्ध र गठबन्धन संकटबाट गुज्रिरहेको छ । यस्तोमा यो घटनाक्रमलाई इजरायली राजनीतिमा ठुलो मोडका रूपमा हेरिएको छ ।
Read full story at source (ratopati.com)