सभामुख फकाउन गए पनि प्रधानमन्त्री बालेन संसद आएनन्, बिपक्षीको नाराबाजी
clickmandu.com · Thu May 21 11:18:42 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाहले इन्कार गरेका छन् । सभामुख डिपी अर्यालले बिहीबार भेटेर नियमावलीको बाध्यात्मक व्यवस्था अनुसार संसदमा उपस्थित हुन गरेको आग्रहलाई प्रधानमन्त्री शाहले अस्वीकार गरेका हुन् ।
प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन एक घण्टा प्रधानमन्त्रीसँग सिधा प्रश्नोत्तर गर्ने व्यवस्था छ । यसका लागि समय निर्धारण गर्ने अधिकार सभामुखलाई हुन्छ। यदि पहिलो साता प्रधानमन्त्री व्यस्त भएमा सभामुखले अर्को कुनै समय तोक्न सक्ने नियम छ।
Read full story at source (clickmandu.com)