समानुपातिकतर्फको एक करोड तीन लाख मत गणना, एमाले पहिलो
ekagaj.com · Thu Dec 01 15:49:49 GMT 2022
काठमाडौँ - समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हालसम्म कुल एक करोड तीन लाख ६८ हजार ९० मत गणना भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत भएको समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले साँझ ७.३० बजेसम्म २७ लाख ६९ हजार पाँच सय २३ मत प्राप्त गरी पहिलो स्थानमा छ ।
निर्वाचन आयोगका अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ३९ हजार छ सय १९ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६० हजार नौ सय ९१ मत प्राप्त गरेको छ ।
Read full story at source (ekagaj.com)