लागूऔषध खैरो हेरोइनसहित तीन पक्राउ
gorkhapatraonline.com · Sun Sep 06 06:00:52 GMT 2026

मकवानपुर प्रहरीले हेटौँडाबाट ३८ ग्राम लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ का २४ वर्षीय अभिषेक भ्लोन तथा मनहरी गाउँपालिका–३, डोढेका २४ वर्षीय आशिष घलान र २७ वर्षीय विमल सुनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार विशेष सूचनाका आधारमा प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५, नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडकखण्डमा चुरियामाईबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प.७८१२ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो । जाँचका क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)