काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
ratopati.com · Sun Jun 14 07:30:14 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर सभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डङ्गोलले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । नीति तथा कार्यक्रममा सुशासन तथा शासकीय प्रबन्धलाई प्राथमिकतामा राखिएको छ ।
‘कार्यालयको सूचना सम्प्रेषण गर्न तथा गतिविधि प्रचार प्रसार गर्न कार्यालयको वेबसाइट, आधिकारिक मल्टिमिडिया च्यानलहरू तथा डिजिटल प्लेटफर्महरूको प्रयोग गरिनेछ र स्रोत साधनको विनियोजनलाई थप मितव्ययी,पारदर्शी र नतिजामुखी बनाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ- ‘कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गरी महानगरपालिका र सबै वडा कार्यालयहरूमा सञ्चालित एकद्वार सेवा केन्द्र सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘काठमाडौँ महानगरपालिकाले सम्पादन गर्ने कार्य सम्बद्ध विषय क्षेत्रमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ‘सिक्दै जाँदा कमाउनुहोस्’ अवधारणा अनुसार इन्टर्नसिप, फेलोसिप तथा ‘पार्ट टाइमा इन्गेजमेन्ट’ कार्यक्रम सञ्चालन गरिनेछ।’
Read full story at source (ratopati.com)