स्व. गिरीको स्मृतिमा दीप प्रज्वलन गर्न नेविसंघको निर्देशन
ekantipur.com · Wed Aug 31 13:37:52 GMT 2022
काठमाडौँ — नेपाल विद्यार्थी संघले कांग्रेस नेता एवम् समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको १३ औं दिनको पुण्य तिथिमा देशभर दीपप्रज्वलन गर्न निर्देशन गरेको छ । बिहीबार गिरीको निधन भएको १३ औं दिन पुग्दैछ ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बुधबार ७७ वटै जिल्ला कार्यसमिति र मातहतका इकाइहरूलाई परिपत्र गर्दै स्वर्गीय नेता गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको चर्चा, स्मरण र सो अवसरमा रचनात्मक कार्यक्रम तथा साँझ दीप प्रज्वलन गर्न निर्देशन दिएका हुन् ।
Read full story at source (ekantipur.com)