धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु
baahrakhari.com · Sun Jul 05 17:22:28 GMT 2026

काठमाडौं । धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । गणेशमान चारनाथ नगरपालिका–८ बस्ने २५ वर्षीय रामबाबु साहको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित मामा घरमा रहेको कलमा जडित पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर साह गम्भीर घाइते भएका थिए । उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)