स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै [फोटो फिचर]
nepalnews.com · Sun Jun 14 07:42:36 GMT 2026

काठमाडौं। विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र स्वयम्भू महाचैत्यको गुम्बजमा वर्षौंदेखि जम्दै आएको चुनाको बाक्लो तह हटाउने कार्य सुरु गरिएको छ।
महाचैत्यको पुरातात्त्विक, ऐतिहासिक तथा सांस्कृतिक महत्व संरक्षण गर्ने उद्देश्यले सफाइ तथा जीर्णोद्धार अभियान सञ्चालन गरिएको हो। परम्पराअनुसार बुद्ध पूर्णिमालगायत विभिन्न धार्मिक अवसरमा श्रद्धालुहरूले महाचैत्यमा सेतो चुना पोत्ने चलन रहँदै आएको छ। वर्षेनी यसरी चुना थपिँदै जाँदा गुम्बजमा बाक्लो तह जम्ने भएकाले निश्चित अवधिपछि पुरानो तह हटाउने गरिन्छ।
Read full story at source (nepalnews.com)