एमालेको समानुपातिक उमेदवारको सूची तयार
kathmandupress.com · Sun Sep 18 13:45:00 GMT 2022
काठमाडौं, असोज २ : नेकपा (एमाले) ले समानुपातिकतर्फको बन्दसूचीको टुंगो लगाएको छ ।
आज बसेको सचिवालय बैठकले समानुपातिकतर्फको बन्दसूचीका लागि नामावली टुंग्याएको हो । प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभाका लागि २२० जनाको नामको सूची तयार पारेको केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
एमालेले बन्दसूचीको नामावली (भोलि) निर्वाचन आयोगमा बुझाइने छ । असोज १६ गतेसम्म अहिलेको सूचीमा हेरफेर हुनसक्ने उले बताए । प्रत्यक्षतर्फको उमेदवार टुंगो लगाउँदा नाममा हेरफेर गर्नसक्ने उनले बताए ।
Read full story at source (kathmandupress.com)