जब फेवातालमा डुङ्गा पल्टियो...
ratopati.com · Thu May 21 12:19:48 GMT 2026

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए । यत्तिकैमा विपरीत दिशाबाट बत्तिदै आएको मोटरबोट डुङ्गालाई ठक्कर दिँदै अगाडि बढ्यो । डुङ्गामा सवार युवाहरू फेवातालमा डुबे । कोही पौडेर बच्ने प्रयास गर्दै थिए । कोही ‘बचाउ, बचाउ...’ भन्दै चिच्चाइरहेका देखिन्थे।
डुङ्गा पल्टेको खबर पाउँनासाथ सुरक्षाकर्मीको उद्धार टोली मोटरबोटबाट घटनास्थलमा आइपुग्यो । सुरक्षाकर्मील यात्रुको तत्काल उद्धार गरे । प्राथमिक उपचारपछि थप स्वास्थ्य जाँचका लागि ताल यात्रुलाई अस्पताल पुर्याइयो।
Read full story at source (ratopati.com)