बिग्रेका फिस्टुला पुनःमर्मत
annapurnapost.com · Sun Sep 06 06:55:16 GMT 2026

पछिल्लो समय नेपालमा मिर्गौला रोगीहरूको संख्या बढ्दो छ। जीर्ण खालका स्वास्थ्य समस्याहरूमा अनियन्त्रित मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको भित्रको आन्तरिक समस्या, वंशाणुगत तवरमा मिर्गौलामा धेरै सिस्ट आउने (पोलिसिस्टिक किड्नी डिजिज), पटक–पटक मिर्गौलाको संक्रमण, पिसाब नलीमा अवरोध, अनुचित रूपमा प्रयोग गरिएका केही पेनकिलर सेवनका कारण मिर्गौला बिग्रिन सक्छ।
त्यसैगरी आकस्मिक रूपमा अत्यधिक पखाला वा बान्ता, अधिक रक्तश्राव, बेहोस हुनु, सख्त संक्रमण, कतिपय औषधि वा विषाक्त पदार्थ सेवन, पिसाब नलीमा व्यवधान, मिर्गौलाको सुजन एवं ठूला खालका शल्यक्रिया वा गम्भीर दुर्घटनाका कारण पनि छिट्टै मिर्गौला बिग्रिन सक्छ। यस्तो परिस्थितिमा मिर्गौलाले शरीरको आवश्यक काम गर्न नसक्ने अवस्था र बिरामीको समग्र अवस्थाका आधारमा डायलाइसिसको अवस्था पहिचान गरिन्छ।
Read full story at source (annapurnapost.com)