युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी
gorkhapatraonline.com · Sun Sep 06 07:04:10 GMT 2026

युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो समयसम्म हुने विद्युत कटौतीबाट जोगिन सर्वसाधारण सौर्य ऊर्जातर्फ आकर्षित हुन थालेका छन् । तर, सौर्य प्यानल, ब्याट्री र इन्भर्टर जडानको उच्च लागतका कारण अधिकांश परिवारका लागि यो विकल्प अझै पहुँच बाहिर छ ।
राजधानी खार्तुम नजिकैको ओम्दुरमानमा तीन छोराछोरीसँग बस्दै आउनुभएकी ३१ वर्षीया गृहिणी रान्दा अल-मन्सुरले करिब एक वर्षदेखि घरको छतमा जडान गरिएको सौर्य प्रणाली प्रयोग गर्दै आउनुभएको छ । “हामी निकै कष्ट भोगिरहेका छौँ”, उहाँले भन्नुभयो, “बिहान विद्यालय पुग्दा बिजुली हुँदैन, त्यसैले बालबालिका घर फर्कन बाध्य हुन्छन् । घरमा पनि बिजुली हुँदैन । यस्तो उच्च तापक्रममा उनीहरूलाई पढ्न निकै गाह्रो हुन्छ ।”
Read full story at source (gorkhapatraonline.com)