साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो
annapurnapost.com · Thu May 21 12:22:43 GMT 2026
काठमाडौं : विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडी र अफिसियलसहित जम्बो टोली जाने गर्थे। जसले गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई अनावश्यक आर्थिक भार पर्न जान्थ्यो। तर, यसपटक भने विगतमा जस्तो जम्बो टोली जाने कुरालाई निरन्तरता दिइएन।
यसपटकको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा खेलाडी र अफिसियलहरुको टिममा अनावश्यक सहभागिता छैन। भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिपमा खेलाडीसहित ३१ सदस्यीय नेपाली टिमले सहभागिता जनाउनेछ। जसले गर्दा राखेपलाई आर्थिक भार कम पर्ने भएको छ।
Read full story at source (annapurnapost.com)