गुणस्तरहीन रङ बिक्री गरेको बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको झट्का
ratopati.com · Sun Sep 06 07:13:57 GMT 2026

काठमाडौँ । आकर्षक विज्ञापनका आधारमा आफ्नो उत्पादन बिक्री गर्ने तर उत्पादन गुणस्तरीय नभएकाले ग्राहकले क्षतिपूर्ति माग गर्दा विभिन्न बहानामा आलटाल गर्ने बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतले पीडित ग्राहक समक्ष क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. २, ब्यासी औद्योगिक क्षेत्रमा कार्यालय रहेको बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि. र भक्तपुर नगरपालिका वडा नं. ३, घलातेस्थित फ्रेन्डस् फरेभर ट्रेडिङ्ग प्रा.लि.का सञ्चालक दिनेश गिरी विरुद्ध सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ स्थायी घर भई हाल भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ बस्ने दिपक राज गिरी र काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ बस्ने सिद्धान्त श्रेष्ठ र सूर्यविनायक नगरपालिका वडा नं. ६ बस्ने दयाराम कार्कीले क्षतिपूर्तिको माग गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए ।
Read full story at source (ratopati.com)