किङ्स कलेजद्वारा इम्प्याक्ट वीक २०२६ आयोजना
nepallive.com · Sun Sep 06 07:20:42 GMT 2026

काठमाडौं – किङ्स कलेजले बबरमहलस्थित क्याम्पसमा इम्प्याक्ट वीक २०२६ आयोजना गरेको छ। पाँच देशका ३६ जना कोच तथा नेपालका विभिन्न जिल्लाबाट आएका १०८ सहभागीको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
अगस्ट २६ देखि २८ सम्म ‘ट्रेनिङ अफ ट्रेनर्स’ (ToT) र अगस्ट ३१ देखि सेप्टेम्बर ३ सम्म मुख्य कार्यक्रम सञ्चालन गरिएको थियो। डिजाइन थिंकिङमा आधारित कार्यक्रमले सहभागीलाई समुदायका समस्या पहिचान, समाधान विकास, प्रोटोटाइप निर्माण तथा परीक्षणमार्फत व्यावहारिक सिकाइको अवसर प्रदान गरेको कलेजले जनाएको छ।
Read full story at source (nepallive.com)