सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु घमन्ड होइन, प्रेरणा हो : अभिनेत्री शर्मा
ratopati.com · Fri Aug 28 05:33:32 GMT 2026

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले विपद्को समयमा गरिएको सहयोगको विवरण वा रसिद सामाजिक सञ्जालमा सार्वजनिक गर्नु सकारात्मक कदम भएको बताएकी छन् । शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले यस कार्यलाई पारदर्शिता र उत्प्रेरणाको माध्यमका रूपमा व्याख्या गरेकी हुन् ।
पछिल्लो समय सहयोग गरेको स्क्रिनसट वा रसिद सामाजिक सञ्जालमा राख्ने प्रवृत्तिको विरोध भइरहेका बेला अभिनेत्री शर्माले यसको बचाउ गरेकी छन् । मिहिनेत गरेर कमाएको रकम सङ्कटको घडीमा सहयोग गर्दा त्यसलाई सार्वजनिक गर्न सङ्कोच मान्नु नपर्ने उनको तर्क छ ।
Read full story at source (ratopati.com)