कृष्णभिरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
onlinekhabar.com · Sun Sep 06 07:47:52 GMT 2026

२१ भदौ, चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ । पहिरोले सडक भासिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारीस्वरूप माथिल्लो भागमा रुख कटान र झाडी फाँड्ने काम गरी ट्र्याक खोलिएको हो ।
नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिएको छ । उनले भने, ‘हिजो खुलेको ट्र्याक फराकिलो बनाउने काम सुरु गरिएको छ ।’
Read full story at source (onlinekhabar.com)