नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
ratopati.com · Sat Jun 07 18:04:00 GMT 2025

बाँके। पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्जमा आजदेखि तीनदिने ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु भएको छ ।
मार्टको शुभारम्भ गर्दै प्रतिनिधिसभाका सांसद किशोरसिंह राठौरले बाँके र बर्दियामा पर्यटनको प्रशस्त सम्भावना रहेकाले यस क्षेत्रका प्राकृतिक, धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना निर्माण गर्नुपर्नेमा जोड दिँदै बाँके र बर्दियामा चारतारे होटेलका स्तरमा घरबास (होमस्टे) निर्माण भएको बताए ।
Read full story at source (ratopati.com)