नौ महिनापछि अमेरिकी विमानवाहक जहाज ‘अब्राहम लिङ्कन’ थाइल्याण्डबाट प्रस्थान
barnanmedia.com · Sun Sep 06 07:47:40 GMT 2026

नौ महिनासम्म समुद्रमा तैनाथ रहेपछि अमेरिकी विमानवाहक जहाज युएसएस अब्राहम लिङ्कन थाइल्याण्डको पाँच दिने बन्दरगाह भ्रमण सकेर आइतबार प्रस्थान गरेको छ । करिब पाँच हजार अमेरिकी नौ सैनिकसहितको जहाज बुधबार बैङ्ककनजिकैको रिसोर्ट सहर पटायाबाट करिब आधा घण्टाको दूरीमा रहेको लाएम चाबाङ बन्दरगाह पुगेको थियो ।
मध्यपूर्वमा लामो समयको तैनाथीपछि नौसैनिकलाई आराम तथा मनोरञ्जनका लागि थाइल्याण्ड ल्याइएको थियो । एएफपीका पत्रकारले जहाज आइतबार बिहान करिब ११:०० बजे (स्थानीय समय) लाएम चाबाङ बन्दरगाहबाट प्रस्थान गरेको देखेका थिए । नौसैनिकको आगमनलाई ध्यानमा राख्दै पटायामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
Read full story at source (barnanmedia.com)