थाइल्याण्डबाट ६ टन बढी राहत आउँदै
gorkhapatraonline.com · Sun Sep 06 08:02:01 GMT 2026

थाइल्याण्डका राजा र रानीले नेपालमा आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री पठाउनु भएको छ । नेपाल सरकारले पहिचान गरेका प्राथमिक आवश्यकता अनुरूप थाइल्याण्डका राजा भजिरालङकरण र रानी सुथिदा बज्रसुधामिलालक्षणाले बाढीपीडितका राहत पठाउनु भएको हो ।
जसमा टेन्ट, स्लीपिङ ब्याग, व्यक्तिगत सुरक्षा सामग्री, जेनेरेटर र अन्य अत्यावश्यक सामग्रीसमेतगरी ६.४४ टनको राहत समावेश रहेको बैङ्कस्थित नेपाली दूतवासले जनाएको छ । त्यहाँको राजा र रानीको प्रतिनिधित्व गर्दै प्रिभी काउन्सिलरले नेपालका राजदूत धनबहादुर ओलीलाई ती राहत सामग्री हस्तान्तरण गर्नुभएका थियो । उक्त राहत आज नेपाल आइपुग्ने दूतावासले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)