राहत कोषमा दुई स्थानीय तहको सोह्र लाख सहयोग
gorkhapatraonline.com · Fri Aug 28 05:38:07 GMT 2026

भोटेकोसीमा आएको वाढीबाट उत्पन्न विपदको घडीमा सिरहाका लहान नगरपालिका र सिरहा नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १६ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छन् । लहान नगरपालिकाको जनप्रतिनिधि,शिक्षक , स्वास्थ्य कर्मचारी लगायत सबैको एक दिनको तलब कट्टा गरी ११ लाख जम्मा गर्ने लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो । यसैगरी सिरहा नगरपालिकाले पनि पाँच लाख प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने ,सिरहा नगरपालिका प्रमुख डा. नविन यादवले जानकारी गराउनुभयो । सिरहाको १७ वटै स्थानीय तह र विभिन्न निकायसँग राहत सङकलनको लागि आफूले समन्वय थालि सकेको जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोले जानकारी दिनुभयो ।
बाढीका कारण सिरहाका ६ जना अहिलेसम्म सम्पर्कमा नआएको परिवारजनले जनाउनु भएको छ । सम्पर्कविहीन हुनेमा गोलबजार नगरपालिका वडा नम्वर ७ का ३२ वर्षीय राजकुमार यादव,कल्याणपुर नगरपालिका ११ का रोशन साह, गोलबजार नगरपालिकामा आनन्द कुमार सिंह, कल्याणपुर नगरपालिका ११ का श्याम सुन्दर साह (जिज्ञासु) लहान नगरपालिका १५ विररनगरका मुकेश कुमार चौधरी र सखुवानन्कारकटि (१ मौवाहीका सकल देव यादव (मुन्ना) रहनुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)