सुर्खेत विमानस्थलमा निःशुल्क सटल बसको सेवा विस्तार
onlinekhabar.com · Thu May 21 13:43:14 GMT 2026
७ जेठ, काठमाडौं । कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलबाट सञ्चालन हुँदै आएको निःशुल्क सटल बसको सेवा विस्तार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बिहीबार विमानस्थल र सटल बस सेवा अनुगमनपछि यात्रुको सुविधाका लागि सेवा विस्तार गर्न निर्देशन दिए ।
उक्त निर्देशनपछि सुर्खेत नागरिक उड्डयन कार्यालय अन्तर्गत विमानस्थल प्रमुख हिराजन काफ्लेले निःशुल्क सटल बस सेवा विस्तार गरिएको जानकारी दिएका हुन् । उनले बिहीबार नै एक सूचना जारी गर्दै सेवा विस्तार गरिएको जानकारी गराए । सुर्खेत नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचना अनुसार शुक्रबारदेखि निरन्तर विमानस्थलदेखि मुख्य बजार क्षेत्रसम्म यात्रुहरूको सहज आवतजावतका लागि सटल बस सेवा विस्तार गरिएको छ ।
Read full story at source (onlinekhabar.com)