कामपाको आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक, के–के छन् प्राथमिकतामा ?
annapurnapost.com · Sun Jun 14 09:24:05 GMT 2026

काठमाडौं : काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित नगरसभाको १९ औँ अधिवेशनमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
महानगरले आगामी आर्थिक वर्ष पनि सांस्कृतिक सहर, समृद्ध महानगरको नारालाई आत्मसात गर्दै आफ्ना भावी योजनाहरू अगाडि सारेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई मुख्य आधार बनाएर आगामी वर्षको योजना तर्जुमा गरिएको जानकारी दिइन् ।
Read full story at source (annapurnapost.com)