बाढीपीडितलाई आर्थिक सहयोग जुटाउने क्रम जारी
ratopati.com · Sun Sep 06 08:48:35 GMT 2026

पर्सा। पर्साका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले भोटेकोशी बाढीपीडितलाई आर्थिक सहयोग गर्नेक्रमलाई जारी राखेका छन्। वीरगञ्जका सुनचाँदी व्यवसायी तथा समाजसेवी नीरज सर्राफ ‘मुन्ना सर्राफ’ले भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि रु दुई लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका छन्।
साउथ जोन माध्यमिक विद्यालय, वीरगन्ज–१३, राधेमाई, पर्साले बाढीपीडितका लागि रु एक लाख ५५ हजार ५५३ सहयोग गरेको छ। भारतको लभली प्रोफेसनल युनिभर्सिटी (एलपियू) ले पनि आफ्ना नेपाली विद्यार्थी र उनीहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत सङ्कलन र आर्थिक सहयोग अभियान सुरु गरेको छ।
Read full story at source (ratopati.com)