राजा गद्दीमा बसेपछि धवलजी र म खप्तड जाउँला : दुर्गा प्रसाईं
hamrakura.com · Sun Jun 14 00:00:00 GMT 2026
काठमाडौँ। नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनःस्थापना नभएसम्म देश र जनताले सुख र शान्ति पाउन नसक्ने दाबी गरेका छन्। आइतबार काठमाडौँमा आयोजित प्रस्तावित 'राष्ट्रवादी पार्टी' निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो जिकिर गरेका हुन्।
संयोजक प्रसाईंले देशमा राजसंस्था फर्काउन र राजालाई पुनः गद्दीमा राख्नका लागि नै आफूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा. धवलशमशेर राणासँग मिलेर नयाँ राजनीतिक पार्टी खोल्ने ऐतिहासिक निर्णय लिएको स्पष्ट पारे। आफूहरूको मुख्य सङ्कल्प मुलुकमा सनातन हिन्दु अधिराज्य कायम गर्नु रहेको उनले बताए।
Read full story at source (hamrakura.com)