“मेड इन नेपाल” सेन्टरफ्रुट बबल गमको पहिलो निर्यातसँगै पीभीएम नेपालद्वारा ऐतिहासिक उपलब्धि हासिल
nagariknews.nagariknetwork.com · Thu May 21 14:11:48 GMT 2026

पर्फेट्टी भ्यान मेल्ले (पीभीएम) नेपालले स्थानीय रूपमा उत्पादन गरिएको सेन्टरफ्रुट बबल गमको पहिलो निर्यात सुरु गर्दै नेपालको एफएमसीजी उत्पादन तथा निर्यात क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
केवल पाँच वर्षको अवधिमा पूर्ण रूपमा आयातमा निर्भर व्यवसायबाट स्थानीय उत्पादन र अब निर्यातसम्मको यात्रा तय गर्दै पीभीएम नेपालले आफ्नो व्यवसायिक विकासमा नयाँ अध्याय सुरु गरेको हो। यसै महिनाको सुरुवातमा “Made in Nepal” सेन्टरफ्रुट बबल गमको पहिलो निर्यात खेप औपचारिक रूपमा प्रस्थान गरिएको थियो, जसले नेपालको उत्पादन क्षमता तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक उपस्थितिलाई थप बलियो बनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)