जापानमा भारी वर्षाको चेतावनी
baahrakhari.com · Sun Sep 06 08:59:48 GMT 2026

टोकियो । जापानको मौसम विज्ञान एजेन्सीले राजधानी टोकियोसहित सात क्षेत्रमा सोमबारसम्म भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ । टाइफुन र मौसमी प्रणालीको संयुक्त प्रभावका कारण पूर्वी जापानका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको एजेन्सीले जनाएको छ ।
टोकियोसँगै साइतामा, कानागावा, चिबा, शिजुओका, आइची र मीका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । केही घण्टाको अवधिमै अत्यधिक वर्षा गराउन सक्ने ‘लिनियर रेनब्यान्ड’ विकास हुने पूर्वानुमान गरिएको छ ।
Read full story at source (baahrakhari.com)