भारतीय सीमावर्ती नदीमा ७ शव फेला
kendrabindu.com · Fri Aug 28 05:44:07 GMT 2026

काठमाडौं । रसुवा बाढीमा बगेर भारत पुगेका सातजनाको शव भेटिएको छ । भारतको उत्तर प्रदेशस्थित महराजगंज र कुशीनगर जिल्ला भई बग्ने गण्डक (नारायणी) नदी क्षेत्रबाट ती शवहरू उद्धार गरिएको हो।
भारतीय अधिकारीहरूका अनुसार महराजगंजमा चार र कुशीनगरमा तीन गरी कुल पाँच महिला र दुई पुरुषको शव फेला परेको छ। सीमा क्षेत्रमा परिचालन भएको सशस्त्र सीमा बल (एसएसबी) को टोलीले नदीमा नियमित निगरानी गर्ने क्रममा शवहरू तैरिरहेको देखी मोटरबोटको प्रयोग गरी बाहिर निकालेको थियो।
Read full story at source (kendrabindu.com)