बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेका लागि आह्वान
ratopati.com · Thu May 21 14:27:55 GMT 2026

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभाको आगामी अधिवेशन बैठक जेठ ११ गतेका लागि आह्वान गरेको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको वर्षे अधिवेशन (बजेट अधिवेशन) जेठ ११ गतेका लागि आह्वान गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार प्रदेशसभाको वर्षे अधिवेशन अन्तर्गतको बैठक जेठ ११ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्ने निर्णय भएको हो ।
Read full story at source (ratopati.com)