नवलपरासी पश्चिममा २०६ शव व्यवस्थापन, ९ जनाको सनाखत
ratopati.com · Sun Sep 06 09:17:34 GMT 2026

नवलपरासी । रसुवा बाढीले बगाएर नारायणी नदीमार्फत पश्चिम नवलपरासीमा ल्याएका शवमध्ये २०६ वटा व्यवस्थापन गरिएको छ । अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरेपछि शवहरू बर्दघाट र सुनवलका सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी मदन थापाले २०६ वटा शव व्यवस्थापन गरिएको रातोपाटीलाई बताए । उनका अनुसार पश्चिम नवलपरासीमा ल्याइएका शवमध्ये हालसम्म ९ जनाको सनाखत भएको छ । केही शव अझै परासी अस्पतालमा रहेको उनले जानकारी दिए ।
Read full story at source (ratopati.com)