इरान:तेल ट्यांकरमा आगलागी,कम्तिमा ११ जनाको मृत्यु
annapurnapost.com · Sun Sep 06 09:23:07 GMT 2026

काठमाडौं : इरानको सानन्दज-हमादान राजमार्गमा इन्धन ट्याङ्करमा आगलागी हुँदा एघार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। २० हजार लिटर पेट्रोल बोकेको एउटा इन्धन ट्याङ्करले मिनीबसलाई ठक्कर दिँदा उक्त घटनाको भएको बताइएको छ। दुर्घटनामा दुवै सवारी साधनका चालकहरूको पनि मृत्यु भएको छ।
कुर्दिस्तान न्याय विभागको जनसम्पर्क कार्यालयलाई उद्धृत गर्दै समाचार एजेन्सी इरनाले घटना शनिबार साँझ ५:३० बजे सानन्दज शहरको प्रवेशद्वार नजिकै भएको जनाएको छ।
Read full story at source (annapurnapost.com)