जाजरकोटमा बसपार्क नहुँदा पार्किङ समस्या
gorkhapatraonline.com · Fri Apr 10 02:47:37 GMT 2026

जाजरकोट सदरमुकाम खलंगामा बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या भएको छ। करिब २० वर्षअघिदेखि यातायातका साधन सञ्चालनमा आए पनि व्यवस्थित बसपार्क नहुँदा व्यवसायी र यात्रु दुवै समस्यामा परेका हुन्।
सदरमुकाममा दैनिक पाँच दर्जनभन्दा बढी लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावत गर्ने गरेका छन्। गाडी राख्ने बसपार्क नहुँदा सडक किनारमै पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ। भेरी नगरपालिका–४ शान्तिचौतारास्थित हालको बसपार्क सानो हुनुका साथै सर्वसाधारणको जग्गामा परेकाले एक दर्जन गाडी पार्किङ गर्नसमेत कठिन हुने गरेको छ।
Read full story at source (gorkhapatraonline.com)