अमेरिकी तेल सम्झौताले भेनेजुएलामा लगानीको बाढी ल्याउने आस
ratopati.com · Sun Sep 06 09:31:56 GMT 2026

एक दशकभन्दा लामो समयदेखि आर्थिक तथा सामाजिक उथलपुथल भोगिरहेको भेनेजुएलासँग विश्वमै प्रमाणित कच्चा तेलको सबैभन्दा ठुलो भण्डारण छ । अमेरिका र भेनेजुएलाबिच भएको नयाँ तेल उत्पादन सम्झौताबाट निम्तने भनिएको ठुलो लगानीले भेनेजुएलाले समृद्धिको नयाँ चरणमा प्रवेश गर्न सक्ने भन्दै केही आशा पलाएको छ ।
तर यसको सबैभन्दा ठुलो आर्थिक लाभ देखिन समय लाग्ने विज्ञहरूको चेतावनी छ । केही भेनेजुएलालीले अमेरिकाले सबैभन्दा ठुलो नाफा लिएर आफूहरूका लागि थोरै मात्र बाँकी राख्ने हो कि भन्ने चिन्ता व्यक्त गरिरहेका छन् । त्यसैगरी, भेनेजुएलाको विपक्षी दलले पारदर्शिता र नागरिक स्वतन्त्रताको अभाव देखाउँदै वर्तमान सरकारसँग यति ठुलो लगानी व्यवस्थापन गर्ने क्षमता छैन भन्ने प्रश्न उठाएको छ ।
Read full story at source (ratopati.com)